Description
दामोदर न्यौपाने समकालीन नेपाली पत्रकारिता र लेखनमा चिनिएको नाम हो । दुई दशकदेखि कान्तिपुर दैनिकमा कार्यरत न्यौपानेका एम्बुसमा ६ वर्ष, कर्म: सिकाइमा गहिरिएको खाडल, ट्यालेन्ट शो, स्वर्णिम समय, स्कुल बेच्ने बालक, हाडको डोको, सम्पदा लडाईं लगायत पुस्तक प्रकाशित छन् ।सिन्धुपाल्चोक ठोकर्पाका न्यौपानेले पत्रकार महासङ्घबाट श्रीधर आचार्य राष्ट्रिय पत्रकारिता पुरस्कार, अन्तर्राष्ट्रिय प्रेस इन्स्टिच्युटबाट साहसी संवाददाता सम्मान लगायत दर्जनौ सम्मान पुरस्कार पाएका छन् ।
यस पुस्तकमा बाहिर सभ्य देखिने तर भित्रचाहि अमानवीय व्यवहार गर्ने मान्छेले सिर्जना गरेका दुष्परिणामका कहानी छन् । तिनै मान्छेको हितका लागि काम गर्न बाध्य कलिला ‘आधुनिक दास’ हरूको कहानी पनि हो यो पुस्तक | सहरमा ठडिएका ठुला महल, मनोरञ्जन केन्द्र, होटेल-रेस्टुराँ र इँटा भट्टाहरूमा आफ्ना सपना खोजिरहेका भोलिका कर्णधार साना हातले गरेका अनेक सङ्घर्ष र सपनाको कथा हो – दास प्रथाको नया रूप ।
Discover more from Upaharbazar
Subscribe to get the latest posts sent to your email.












Reviews
There are no reviews yet