Description
प्रस्तुत कृतिमार्फत म ती अभिभावकसँग अनुरोध गर्छु – तपाईहरु आफ्ना सन्तानलाई त्यति धेरै धनाकांक्षी नबनाई दिनुस, जसले त्यसैका लागि तपाई र देशलाई नै त्यागोस | अत्यन्त दुख पाओस वा अकालमै मरोस | जति नै सुख भएपनि अर्काको देश कहिल्यै आफ्नो हुन सक्तैन | त्यत्रो दुख गरि अमेरिका पुगेका तपाईका छोराछोरी बर्षौ सम्म पनि त्यहाको कानुनी मान्यता पाउन नसकी भागी भागी हिंडिरहेछन | हरेक क्षण असुरक्षाको तनाव दिमाग भरी बोकेर लुकी लुकी बाचीरहेछन | कतिपयले खुट्टामा ‘जीपीयस चिप्स ‘ बाधेर खुल्ला जेल भोगिरहेछन् |
त्यसैले जो गए गए, अब अब जान चाहनेहरुलाई रोकौं | कानुनी प्रकियालाई स्वाभिमानका साथ उपयोग गरौँ |
Discover more from Upaharbazar
Subscribe to get the latest posts sent to your email.






![निर्वाण [Nirvana]](https://www.upaharbazar.com/wp-content/uploads/2023/09/Nirvan_-_Ghanashyam_Khadka-perfect.jpg)





Reviews
There are no reviews yet