Description
एकदिन म बाहिरबाट आउँदा उनले आफ्ना सबै सामान झोलामा कसी पर्खेर बसेकी रहिछिन् । म पुगेपछि सँगै बसेर कफी पियौं । केही बेर उनले हाम्रा सम्बन्धका पुराना कुराहरूलाई सम्झेर वातावरण भावुक बनाइन् । बेरोजगारीले चिन्तित मेरो मन पनि भावुक भए । जीवनमा पहिलोपल्ट निकै पग्लिएर रोएँ । निकै बेरपछि दुबै जना शान्त भयौं । उनले मेरो हात समातेर म्वाई खाँदै भनिन्, ‘किस ! आइ एम सरी । आजदेखि म तिमीबाट छुट्टिदै छु । तिमीबाट टाढिने मन नहुँदानहुँदै पनि तिम्रो स्थितिले गर्दा मैले छुट्टिनु परेको छ । म बसिरहे भने तिमी बेरोजगारीबाट बाहिर आउन नसक्ने देखें । मेरो खर्चमा पालिने बानी हुने भो तिम्रो । तिमीले आफूलाई पाल्न जान्नुपर्छ । तिम्रो जिन्दगी पनि लामो छ । यसरी कसरी अर्काको भरमा बाँच्न मिला । अब तिमीले जस्तो काम भए पनि खोज्नुपर्छ । सानोतिनो जे भेट्छौ; काम खोज । म तिमीलाई धेरै माया गर्छु।
तिमीलाई सुन्दा पत्यार नलाग्ला तर न्युयोर्कका अस्पतालहरुमा अकल्पनीय ढङ्गले बिरामीको चाप बढेको छ । डाक्टरहरुको संख्या कम भइरहेको छ । कैयौं सूचना बाहिर आउन पाएका छैनन् । बिरामी मानिसहरू बाहिर सूचना आएभन्दा बढी मरिरहेका छन् । मरेका लासहरूलाई रेफ्रिजेरेटर ट्रकहरूमा राखिंदै छ । तिनलाई कहाँ लगेर फेनरल गर्ने हो भन्ने अझै टुङ्गो भएको छैन । बिरामीका लागि भेन्टिलेटर यति कम छन्; कसलाई दिनु, कसलाई नदिनु ? हाम्रो अस्पतालमा हरेक दिन सयौं बिरामी आउँछन् । सिकिस्त हुनेहरुका लागि पुग्दो भेन्टिलेटर नै छैन । यत्रो अस्पतालमा पाँच वटा भेन्टिलेटरले के काम गर्नु ! सरकारका मान्छेहरू भन्छन्; सबै चाँडै ठिक हुन्छ तर कहिले हुन्छ, कसैलाई थाहा छैन ।
Discover more from Upaharbazar
Subscribe to get the latest posts sent to your email.





![A Textbook of Floriculture and Nursery Management With Practical , Grade : X [Technical and Vocational Stream] Plant Science](https://www.upaharbazar.com/wp-content/uploads/2023/04/Floriculture-and-Nursery-management-sample-scaled-1.jpg)





Reviews
There are no reviews yet